लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव

सिरहा । जिल्लाको लहान नगरपालिका ७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्धको खोपको तेस्रो डोज लगाउन यहाँस्थित लहान प्रादेशिक अस्पतालमा पुगे ।
अस्पतालले खोपको मौज्दात सकिएको बताएपछि उनी निजी क्लिनिकमा महङ्गो शुल्क बुझाएर खोपको डोज लगाउन बाध्य भए ।
अस्पतालमा पछिल्लो नौ दिनयता रेविजविरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महङ्गो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन् ।
उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन् । रेविजविरुद्धको खोप सरकारी अस्पतालमा निःशुल्क पाइन्छ ।
खोप अभावमा यहाँका गरिब तथा विपन्न परिवारलाई उपचारमा समस्या भएको छ । प्रतिडोज पाँच सय पर्ने खोप अस्पतालमा नभएको मौकामा निजी मेडिकलले एक हजार पाँच सयदेखि दुई हजारसम्म असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।
प्रदेशबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा सुनिलकुमार कुहवाहाले बताए ।
“दैनिक औतमा १५ देखि २० जना बिरामी खोप लगाउन आउँछन् तर खोप छैन, आफैँले खरिद गर्न मिल्दैन । हामीले हप्ता दिनअघि नै प्रदेश आपूर्ति केन्द्रमा आवश्यक खोप माग गरेका थियौँ । तर त्यहाँ पनि आवश्यक मात्रामा मौज्दात नहुँदा अहिले अभाव भएको छ”, कुशवाहाले भने ।
अस्पतालका अनुसार रेविजविरुद्धको खोप लगाउने विरामीको सङ्ख्या हाल दुई सयभन्दा बढी छ ।
“लक्षणअनुसार तीनदेखि पाँच डोजसम्म खोप लगाउनुपर्छ । कसैको एक त कसैको दुई डोज मात्रै लागाएको छ”, उनले भने, “छिट्टै आपूर्ति भए गरिब तथा विपन्न बिरामीलाई उपचारमा सहयोग पुग्छ ।”
कुकुर, बिरालो, बाँदरलगायतका घरपालुवा तथा अन्य केही जङ्गली जनावरले टोकाइका कारण दैनिक औसतमा ५० जना अस्पताल उपचारका लागि आउने गरेको उनको भनाइ छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया