लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव

सिरहा । जिल्लाको लहान नगरपालिका ७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्धको खोपको तेस्रो डोज लगाउन यहाँस्थित लहान प्रादेशिक अस्पतालमा पुगे ।
अस्पतालले खोपको मौज्दात सकिएको बताएपछि उनी निजी क्लिनिकमा महङ्गो शुल्क बुझाएर खोपको डोज लगाउन बाध्य भए ।
अस्पतालमा पछिल्लो नौ दिनयता रेविजविरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महङ्गो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन् ।
उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन् । रेविजविरुद्धको खोप सरकारी अस्पतालमा निःशुल्क पाइन्छ ।
खोप अभावमा यहाँका गरिब तथा विपन्न परिवारलाई उपचारमा समस्या भएको छ । प्रतिडोज पाँच सय पर्ने खोप अस्पतालमा नभएको मौकामा निजी मेडिकलले एक हजार पाँच सयदेखि दुई हजारसम्म असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।
प्रदेशबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा सुनिलकुमार कुहवाहाले बताए ।
“दैनिक औतमा १५ देखि २० जना बिरामी खोप लगाउन आउँछन् तर खोप छैन, आफैँले खरिद गर्न मिल्दैन । हामीले हप्ता दिनअघि नै प्रदेश आपूर्ति केन्द्रमा आवश्यक खोप माग गरेका थियौँ । तर त्यहाँ पनि आवश्यक मात्रामा मौज्दात नहुँदा अहिले अभाव भएको छ”, कुशवाहाले भने ।
अस्पतालका अनुसार रेविजविरुद्धको खोप लगाउने विरामीको सङ्ख्या हाल दुई सयभन्दा बढी छ ।
“लक्षणअनुसार तीनदेखि पाँच डोजसम्म खोप लगाउनुपर्छ । कसैको एक त कसैको दुई डोज मात्रै लागाएको छ”, उनले भने, “छिट्टै आपूर्ति भए गरिब तथा विपन्न बिरामीलाई उपचारमा सहयोग पुग्छ ।”
कुकुर, बिरालो, बाँदरलगायतका घरपालुवा तथा अन्य केही जङ्गली जनावरले टोकाइका कारण दैनिक औसतमा ५० जना अस्पताल उपचारका लागि आउने गरेको उनको भनाइ छ ।
















पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया