इटालीको रोममा पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोममा पुगेका छन् । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्र संघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन उनी रोम पुगेका हुन् ।
शनिबार साँझ काठमाडौंँबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड स्थानीय समयअनुसार साढे ७ बजे रोम पुगेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई रोमस्थित अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी तथा इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गंगा दाहाल भ्रमण टोलीमा छन् ।
‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।


















चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया