बिहीबार, माघ २२, २०८२

सोह्रखुट्टेस्थित ‘रेडी ट्रेड प्रालि’को गोदाममा राजश्वको छापा

मेरोन्यूज २०८० साउन १० गते २१:२१

काठमाडौँ । राजस्व अनुसन्धान विभागले सोह्रखुट्टेमा रहेको ‘रेडी ट्रेड प्राली’ गोदाममा छापा मारेको छ ।

त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन प्रकरणमा हङकङबाट सुन मगाउने कम्पनी दाबी गरिएको ‘रेडी ट्रेड प्राली’को गोदामबाट राजस्व अनुसन्धान विभागका अधिकारीहरुले ब्रेक प्याड बरामद गरेका छन् ।

मोटरसाइकल र स्कुटरमा लाग्ने ५५ बाकस ब्रेक प्याड बरामद गरिएको राजश्वले अनुसन्धान विभागले जनाएको छ ।

पक्राउ परेकाहरुको बयान अनुसार पहिलेदेखि नै सुन तस्करले सो गोदाममा सुन ल्याएर निकाल्ने र ‘रि–प्याक’ गर्ने गरेका थिए ।

प्रतिक्रिया