विश्वकपको एशियाली छनोटको प्लेअफमा नेपालले लाओसको सामना गर्ने

काठमाडौं । सन् २०२६ मा अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपको एशियाली छनोटको प्लेअफमा नेपालले लाओसको सामना गर्ने भएको छ।
मलेसियाको क्वालाम्पुरमा बिहिबार भएको ड्रमा नेपालले लाओससँग खेल्ने पक्का भएको हो।
फिफा वरीयताका आधारमा एशियाका पुछारमा रहेका २० टोलीले प्लेअफ चरण पार गर्दै दोस्रो राउण्डमा स्पर्धा गर्नेछन्।
होम एण्ड अवेको आधारमा हुने प्ले अफ राउण्ड पार गरे नेपालले दोस्रो चरणमा स्पर्धा गर्न पाउनेछ।
विश्वकपको दोस्रो चरणका लागि २६ टोलीले स्थान बनाइसकेका छन्।
प्लेअफ चरण पार गरेका १० टोलीले दोस्रो चरणका लागि स्थान बनाउनेछन्।
पहिलो चरण पार गर्ने १० टोली र दोस्रो चरणमा स्थान बनाएका २६ गरि ३६ टोलीलाई ९ सुमहमा विभाजन गरिनेछ।
९ समूहका शीर्ष २ टोलीले एएफसी एसियन कप २०२७ को लागि स्थान बनाउँदै विश्वकप छनोटको तेस्रो चरणमा स्पर्धा गर्नेछन्।
विश्वकप छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन्।
टोलीले मंगलबार (साउन १६) देखि प्रशिक्षण सुरु गर्ने बताइएको छ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया