राजश्वद्वारा लाजिम्पाटस्थित डंगोलद्वयको जस्ताको टहरामा छापा
मेरोन्यूज
२०८० साउन ११ गते १६:१४

काठमाडौँ । १०० किलो सुन बरामत प्रकरणमा राजश्व अनुसन्धान आयोगको टोलीले लाजिम्पाटस्थित सुरेन्द्र डंगोल र सरस्वती डंगोलको जस्ताको टहरोमा छापा मारेको छ ।
चाइनिजले गोदाम बनाएर सामान राखेको जानकारीमा आएपछि अनुसन्धान विभागको टोलीले सशस्त्र प्रहरीको सहयोगमा काठमाडौँ महानगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको रोहबरमा छापा मारेको हो ।
गोदाममा लगाइएको ताला फोडेर छापा मारिएको विभाग स्रोतले जानकारी दियो ।
गोदामबाट के के सामान बरामद भयो भन्नेबारे जानकारी दिइएको छैन् ।
साउन ३ गते विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भइसकेपछि करिब १०० किलो सुन बरामद गरेको थियो । त्यही प्रकरणमा विभागले एक चाइनिज, एक भारतीयसहित २२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया