कार्यवाहक प्रधानमन्त्री खड्काले गरे सैनिक अस्पतालको निरीक्षण

काठमाडौँ । कार्यवहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरीक्षण गरेका छन् । खड्काले अस्पताल निरीक्षणका क्रममा अस्पतालबाट भइरहेको सेवा प्रवाहबारे अस्पतालका बिभिन्न बिभागमा पुगेर जानकारी लिएका थिए । यस्तै सेवाग्रही तथा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरुसंग पनि छलफल गरेका थिए ।
अस्पतालको स्थलगत निरीक्षणमा कार्यवाहक प्रधानमन्त्री खड्कासंगै प्रधानसेनापति प्रभुराम शर्मासहितका उच्च सैनिक अधिकारीहरु पनि सहभागी थिए ।
अस्पताल निरीक्षणका क्रममा खड्काले सीमित श्रोत साधन र भौतिक संरचनाका बाबजुत अस्पतालबाट सन्तोषजनक सेवा प्रभाव भइरहेको भन्दै खुसी ब्यक्त गरेका थिए । उनले अस्पतालबाट एकिकृत रुपमा अझ बढी गुणस्तरिय सेवा दिन पनि आग्रह गरे ।
अस्पतालमा कार्यरत चिकित्सक, नर्सदेखि सबै कर्मचारीहरुले सेवा भावका साथ काम गरिरहेको विषयलाई सरकारले उच्चसम्मानका साथ हरिरहेको भन्दै अस्पतालको नयाँ भौतिक संरचना निर्माण, कर्मचारीको समग्र वृति विकासमा पनि सरकारले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
देशमा देखिएको आर्थिक समस्याका कारण सरकारले पनि चाहेजति सहयोग गर्न सक्ने अवस्था नभएपनि प्रथमिकताका आधारमा अस्पताललाइ अझै सुविधा सम्पन्न बनाउन र अझ गुणस्तरीय सेवा प्रभावका लागि सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिए ।
अस्पतालाबाट अझै राम्रो स्वास्थ्य सेवा दिनका लागि सरकार र मन्त्रालयबाट कुनै नितिगत सुधारको काम गर्नु पर्ने भए सरकार त्यसमा पनि सकारात्मक भएको खड्काले बताए । उनले त्यसका लागि प्रथमिकता निर्धारण गरेर काम गर्नु पर्ने पनि बताए ।
















जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया