आइतबार, फागुन १०, २०८२

राजनीतिक उदेश्यका लागि हत्तपत्त राजीनामा माग गर्नु राम्रो होइन : प्रधानमन्त्री

प्रधानमन्त्री, मन्त्रीहरुलाई स्पष्टीकरण दिने मौका समेत नदिई राजीनामा देउ भन्ने सस्कार बसाउन खोज्नु राम्रो होइन

मेरोन्यूज २०८० साउन १२ गते १०:५१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक उदेश्यका लागि हत्तपत्त प्रधानमन्त्री देखि मन्त्रीहरुको राजीनामा माग गर्ने कुरा राम्रो नभएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

साउन २ गते त्रिभूवन विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको र प्रधानमन्त्री कार्यलय मातहात रहेको राजस्व अनुसन्धान विभागले बरामद गरि पक्राउ गरेपछि प्रमुख प्रतिपक्षी दलका नेताले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको विषयमा सञ्चारकर्मीले सोधेको जवाफ दिने क्रममा प्रधानमन्त्रीले हत्तपत्त राजीनामा मागरेर बसाउन खोजिएको राजनीतिक सस्कार राम्रो नभएको बताएका हुन् ।

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भएर आज स्वदेश फर्किने क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरि त्यस्तो बताएका हुन् ।

‘राजनीतिक उदेश्यका लागि अध्पत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा माग्न खोज्ने सस्कार बन्न खोजेको छ, त्यो राम्रो होइन,’ प्रधानमन्त्रीले भने,–‘भएको के हो भन्ने बारेमा प्रधानमन्त्री, मन्त्रीहरुलाई स्पष्टीकरण दिने मौका समेत नदिई राजीनामा देउ भन्नु राम्रो होइन । अरु यस घटनामा भएको के के छ ? म सवैसँग सल्लाह गर्छु ।’

प्रमुख प्रतिपक्षी दल एमालेले १० साउनको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री र अर्थमन्त्रीको विमानस्थलबाट सुन छोडिएको र बाहिर पक्राउ गरेको विषयमा नैतिकता देखाएर राजीनामा दिनुपर्ने बताउादै संसद अवरोध गरेको थियो ।

त्यक्तिमात्रै होइन, अहिले एमालेले अर्थम्न्त्री र गृहमन्त्रीको राजीनामाबाट अलिक लचक हुँदै उच्चस्तरीय छानबिन समिति बनाउन माग गरिरहेको छ । एमालेको यस्तो मागलाई सरकारको अनुसन्धान प्रभावित बनाउन खोजिएको भन्दै रुचाईएको छैन ।

प्रतिक्रिया