सन्दीपको उत्कृष्ट प्रदर्शनमा सर्रे विजयी
मेरोन्यूज
२०८० साउन १३ गते ९:५८

काठमाडौँ । क्यानाडामा जारी ग्लोबल टी-२० मा नेपाली स्पीनर सन्दीप लामिछानेले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
गएराती सम्पन्न खेलमा सर्रे जगुअर्सको मिस्सीस्साउगा प्यान्थर्सविरुद्धको खेलमा सन्दीपले ३ विकेट लिदै टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
सर्रेले दिएको १६५ रनको लक्ष्य पछाएको प्यान्थर्स १७ ओभरमा १०९ रन मात्र बनाएर अल आउट भएपछि सर्रेले खेल ५५ रनले जितेको हो ।
खेलमा सन्दीपले ३ ओभर बलिङ गरेर १८ रन दिदै महत्वपूर्ण ३ विकेट लिएका थिए । सन्दीपले जारी ग्लोबल टी-२० मा अहिलेसम्म ४ खेलमा सात विकेट लिएका छन् ।
यस अघि सर्रेले पहिला ब्याटिंग गरेर २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।
सर्रेको यस सिजनमा यो दोस्रो जित हो । यो जितपछि ४ खेलमा ५ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया