आइतबार, वैशाख ६, २०८३

रजनीकान्त भन्छन्- ‘रक्सीकाे लत नभएको भए ठूलाे सुपरस्टार बन्ने थिएँ’

मेरोन्यूज २०८० साउन १४ गते ८:२७

काठमाडाैं । हालै चेन्नईमा रजनीकान्तको फिल्म ‘जेलर’ को अडियो लन्च कार्यक्रम आयोजना गरिएको थियो । यस अवसरमा अभिनेताले आफ्नो जीवनसँग सम्बन्धित कुराहरु सेयर गरेका छन्। उनले आफ्नो रक्सी पिउने समस्याको बारेमा खुलेर कुरा गरे र यसलाई आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएकाे बताए।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

‘रक्सी मेरो जीवनको सबैभन्दा ठूलो गल्ती हो। याे नभएको भए म आजको भन्दा पनि ठूलो स्टार बन्ने थिएँ र समाजका लागि पनि थुप्रै काम गर्ने थिएँ’ उनले भने ।

अभिनेताले आफ्ना फ्यानहरूलाई रक्सीको दुरुपयोग नगर्ने गरी जिम्मेवारीपूर्वक यसको आनन्द लिन आग्रह गरे।

रजनीकान्तले २०१८ मा रिलिज भएको आफ्नो फिल्म ‘काला’ मा मदिरा सेवनको बारेमा कुरा गरेका थिए । फिल्ममा उनको क्यारेक्टर मादक अवस्थामा आफ्नाे लापरवाहीका कारण पत्नी गुमाउँने थियाे। यो पहिलो पटक थियो जब अभिनेताले रक्सीको हानिकारक प्रभावहरूको बारेमा कुरा गरे। पहिलेसम्म उनी रक्सी र चुरोटलाई स्टाइल स्टेटमेन्टका रुपमा प्रस्तुत गर्ने गर्थे ।

रजनीकान्तकाे आगामि चलचित्र ‘जेलर’ अगस्ट १० मा रिलिज हुँदैछ । फिल्ममा उनी मुख्य भूमिकामा छन् । ‘जेलर’लाई नेल्सन दिलीप कुमारले लेखन तथा निर्देशन गरेका हुन्। उनीहरुका अलावा ज्याकी श्राफ, तमन्ना भाटिया, मोहन लाल, राम्या कृष्णन, योगी बाबु लगायतका कलाकारहरु यसमा देखिनेछन् ।

प्रतिक्रिया