चाबहिलका नापी अधिकृत पुरीविरुद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको छ । पुरीको १ करोड ४ लाख ३ हजार ४४१ रुपैयाँ ५२ पैसाको स्रोत नखुलेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध एक करोड चार लाख तीन हजार ९४१ रूपैयाँ बिगो कायमगरी मुद्दा दायर गरिएको अख्तियारले जनाएकाे छ। अख्तियारका अनुसार पुरी सार्वजनिक सेवा प्रवेश गरेको वि. स. २०५२ साल पुस ९ गतेदिख २०७९ असार मसान्तसम्म एक करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ आय देखिएकोमा व्ययतर्फ दुई करोड २४ लाख लाख ८१ हजार ६९० रुपैयाँ देखिएको छ ।
पुरीको आय-व्यय हेर्दा एक करोड चार लाख तीन हजार ९४१ रूपैयाँ बराबर सम्पत्तिको स्रोत खुल्न नसकेको अख्तियारले जनाएको छ ।
उनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको देखिएको भन्दै उक्त सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया