महिला विश्वकप फुटबलमा मोरक्कोको ऐतिहासिक जित
मेरोन्यूज
२०८० साउन १४ गते १३:४९

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत मोरक्कोले दक्षिण कोरियालाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा मोरक्कोले दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
मोरक्कोको जितमा खेलको छैटौं मिनेटमा बितिसाम ज्रैदीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि मोरक्कोले अर्को चरणमा पुग्ने सम्भावनालाई जीवित राखेको छ । मोरक्कोको २ खेलमा ३ अंक भएको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै दक्षिण कोरियाको दोस्रो चरणमा पुग्ने सम्भावना भने सकिएको छ ।
समुह एचमा जर्मनी र कोलम्बियाले आफ्नो पहिलो खेल जितेर ३-३ अंकसहित समुहमा पहिलो र दोस्रो स्थानमा रहेको छ । दुवैबीच आजै खेल हुँदै छ ।
सम्बन्धित















जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया