शुक्रबार, फागुन ८, २०८२

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक किन बोलाइएन

मेरोन्यूज २०८० साउन १४ गते १५:०२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश सिफारिस गर्न वहालवाला प्रधानन्यायाधीशको अनिवार्य अवकास हुनु एक महिना अगावै किन संवैधानिक परिषद् बैठक बोलाइएन भनेर असन्नतुष्टि जनाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेता ओलीको भनाइ उध्रीत गर्दै स्रोतले भन्यो, ‘प्रधानन्यायाधीशको अनिवार्य अवकास हुनु एक महिना अघि सिफारिस गर्नु गर्ने नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि किन संबैधानिक परिषद् बैठक बोलाइएन ?’

कानुनमा प्रधानन्यानयाधीश लगायत संवैधानिक निकायका पदाधिकारी अनिवार्य अवकाशमा जाने मितिको एक महिना अघि नै नयाँ नियुक्त हुने व्यक्ति सिफारिस हुनुपर्ने व्यवस्था छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन् । कानुन अनुसार असार २० मै नयाँ प्रधानन्यायाधीका लागि सिफारिस गर्नु पर्ने भए पनि प्रधानमन्त्रीले सिफारिसका लागि संवैधानिक परिषद्को बैठक नबोलाएको भन्दै ओली असन्तुष्ट भएका हुन् ।

कोशीमा नयाँ सत्ता निर्माणका लागि प्रदेश प्रमुखले समय दिएका बेला भएको दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्दपी स्रोतले यस विषयमा दुवै नेताको कित्ता क्लियर रहेकाले खासै कुरा नभएको जानकारी दियो ।

त्यस्तै भेटमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको करिव १०० किलो सुन काण्डका कारण प्रतिपक्षी एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै गरेको संसद् अवरोध हटाउने विषयमा पनि कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता (ओली), प्रधानन्यायाधीश, सभामुख, प्रतिनिधि सभाको उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् । अहिले परिषद्मा प्रधानमन्त्री अल्पमतमा छन् । ओली बहुमतमा भएकाले प्रधानमन्त्री दाहालले आफू अनुकुलको निर्णय गराउन नसक्ने भएकाले परिषद् बैठक बोलाउन सकिरहेका छैनन् ।

प्रधानमन्त्री दाहाल र ओलीबीच दुई घण्टा भएको कुराकानीमा संवैधानिक परिषद्को बैठक बोलाउनेबारे कुराकानी भए पनि बैठकका एजेण्डाबारे भने मतैक्यता हुन नसकेको स्रोत बताउँछ । प्रधानन्यायाधीश सिफारिसबाहेक अन्य विषयमा कुरा मिल्नत नसकेको दुवै नेता निकटस्थ स्रोतले बतायो ।

संसद् खुलाउने विषयमा ओलीले निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा गरेर सहज वातावरण बनाउनु पर्ने बताएका थिए । यसअघि आरोप लाग्दा अर्थमन्त्री रामशरणमहतले राजीनामा दिएको विषय पनि ओलीले उठाएको बताइन्छ ।

प्रतिक्रिया