नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण
मेरोन्यूज
२०८० साउन १४ गते १६:४२

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ।
आइतबार जनकपुरधाममा समारोह आयोजना गरेर दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गरे।
एकीकरण कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए।
उनले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरुले प्रतिवन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप लगाए। नेता चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा मधेसको आन्दोलनका लागि लड्दा बस्नुपरेको बताए।
एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रिय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरु सहभागी थिए ।

सम्बन्धित















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
प्रतिक्रिया