प्रधानन्यायाधीशलाई स्वचालित प्रणालीमार्फत पेशी तोक्न बारको आग्रह
मेरोन्यूज
२०८० साउन १४ गते १७:०३

काठमाडौं । नेपाल बार एशोसिएसनले पूर्ण स्वतालित प्रणालीमार्फत पेशी तोक्न प्रधानन्यायाधीशलाई आग्रह गरेको छ । बारकी महासचिव अञ्जिता खनालले आज प्रेस विज्ञप्ति जारी गर्दै आफ्नै नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई ध्यानाकर्षण गराएकी हुन् ।
कार्की न्यायाधीश रहँदा बनेको समितिले न्यायापालिकामा हुनसक्ने विकृति, अनियमितता र भ्रष्टचार तथा त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायबारे सुझाव दिएको थियो ।
सर्वोच्चको पूर्ण बैठकले स्वामित्व लिएर प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्नुपर्ने बारको माग छ । खनालले विज्ञप्तिमा प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिका लागि समेत ध्यानाकर्षण गराएकी छन् ।












निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
प्रतिक्रिया