प्रधानमन्त्री दाहालले मंगलबार अपरान्ह ४ बजे बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार अपरान्ह ४ बजे संवैधानिक परिषद् बैठक बोलाएका छन् । ‘मंगलबार अपरान्ह ४ बजे संवैधानिक परिषद् बैठक आह्वान भएको जानकारी आएको छ, उपसभामुख इन्दिरा रानाले भनिन् ।
प्रतिनिधि सभाको उपसभामुख परिषद्को पदेन सदस्य हुन्छ ।
बैठकमा भावी प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने बताइएको छ । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते सकिँदैछ ।
न्याय परिषद् ऐन, २०७३ को दफा ४ मा सर्वोच्च अदालतमा उमेर हदका कारण कुनै न्यायाधीश अवकाशमा गई न्यायाधीशको पद रिक्त रहने अवस्था भएमा रिक्त हुने समयभन्दा एक महिना अगावै सिफारिस गर्ने कानुनी व्यवस्था छ । न्याय परिषद् ऐन, २०७३ को दफा ४ मा ‘नियुक्तिका लागि सिफारिस गर्ने अवधि’ बारे उल्लेख छ ।
प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सँगको भेटवार्तामा संवैधानिक परिषदको बैठक बोलाउनेबारे छलफल गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक बोलाएका हुन् ।















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
प्रतिक्रिया