बिहीबार, माघ २२, २०८२

सुन तस्करी आरोपमा पक्राउ परेकालाई १५ दिन हिरासतमा राख्न अनुमति

मेरोन्यूज २०८० साउन १४ गते १९:३७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरी भित्र्याएको आरोपमा पक्राउ परेका १८ जनालाई १५ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ।

रेडी ट्रेडले हङकङबाट ल्याएको ब्रेक शुमा अन्दाजी ८० देखि १०० सुन भित्र्याएको थियो। सुन भन्सार जाँच पास भएर छुटेपछि राजश्व अनुसन्‍धान विभागले बरामद गरेको थियो। त्यसयता विभागले १८ जनालाई पक्राउ गरेको हो।

राजश्व अनुसन्धान विभागले साउन २ गते उक्त सुन बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरवेजको जहाजबाट उक्त सुन नेपालमा भित्रिएको हो।

प्रतिक्रिया