शुक्रबार, चैत २७, २०८२

पाँच दिन ओरालो लागेपछि पाँच अंकले बढ्यो नेप्से

मेरोन्यूज २०८० साउन १५ गते १५:४३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पाँच दिन घटेपछि आज पाँच अंकले बढेको छ । अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से आज पाँच दशमलव ८४ अंकले बढेर दुई हजार एक सय छ दशमलव १८ अंक कायम भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज विभिन्न कम्पनीका दुई सय ६२ कम्पनीको ५५ लाख ३१ हजार सात सय ३७ कित्ता शेयर ४० हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा एक अर्ब ८५ करोड ८० लाख दुइ हजार एक सय ७५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

जलविद्युत् समूह आठ दशमलव ५७, लघुवित्त समूह चार दशमलव १०, र म्युचुअल फन्डका उपसूचक घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह ५६ दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ७६ अंकले बढेका छन् । बैंकिङ समूह नौ दशमलव ६८, विकास बैंक १८ दशमलव १२, वित्त २३ दशमलव २०, होटल तथा पर्यटन तीन दशमलव ७६ र लगानी समूह शून्य दशमलव १० अंकले बढेको छ ।

त्यस्तै, जीवन बीमा समूह दूइ दशमलव ४८, निर्जीवन बीमा समूह चार दशमलव ६१ र अन्य समूह शून्य दशमलव ०८ अंकले बढेको छ ।

आजको कारोबार पछि सनराइज ब्लुचिप फन्डको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विइन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ३१ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै आठ करोड ८ लाख ८६ हजार छ सय पाँच बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषको एक लाख ९० हजार पाँच सय २५ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया