बिहीबार, पुष ३, २०८२

भैसीलाई पोखरीमा नुहाइदिँदा सप्तरीमा २ बालिकाको डुबेर मृत्यु

मेरोन्यूज २०८० साउन १५ गते १६:४०

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ ।

पोखरीमा डुबेर बोदेबर्साइन नगरपालिका– १ धनगढीका विध्यानन्द साहकी ८ वर्षीया छोरी किरन र वडा नम्बर ६ फुलकाहीका धनराज साहकी ८ वर्षीया छोरी शिवानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार भैँसीलाई पोखरीमा नुहाउन जाने क्रममा डुबेर दुवै बालिकाको ज्यान गएको हो ।

घटना स्थल सुरक्षित राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया