सुन तस्करीमा दोषी ठहर भए जस्तोसुकै सजाय भोग्न तयार छु : वर्षमान पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सुन तस्करीमा दोषी ठहरिए जस्तोसुकै कारबाही भोग्नका लागि तयार भएको बताएका छन्। संसद् भवन बाहिर सञ्चारकर्मीहरूससँग कुराकानी गर्दै पुनले राज्यको जुन निकायले छानबिन गर्ने भए पनि त्यढसका लागि आफू तयार रहेको बताए ।
‘राज्यको कुन निकायले मेरोमाथि छानबिन गर्ने हो गरोस्, म त्यसका लागि तयार छु। दोषी ठहरिएको खण्डमा म जे सजाय भोग्नपनि तयार छु,’ पुनले सञ्चारकर्मीहरूसँग भने ।
८ वर्ष पहिलेको पारिवारिक फोटो सार्वजनिक गरेर जनता र शुभचिन्तकमा भ्रम छर्न खोजिएको बताए।
यो प्रकरणले आफूलाई आगामी दिनमा कस्ता मान्छेसँग संगत गर्ने भन्ने कुराको पाठ मिलेको पनि उनले बताए।
‘आगामी दिनमा हामी कोहीपनि नेतृत्व सुसुचित हुन सजिलो छ। आगामी दिनमा प्राइभेट जीवनमा कस्ता मान्छेसँग संगत गर्ने नगर्ने भन्नेबारेमा राम्रो शिक्षा दिएको छ,’ उनले भने ।
उनले राज्यको जुनसुकै निकायबाट अनुसन्धान भएपनि आफू उभिन तयार रहेको पनि प्रष्ट पारे।
तथ्यमा पुगेर राज्यको अपराध अनुसन्धान गर्ने निकायले गर्ने भए त्यहाँ उभिन आफू तयार रहेको पुनले बताए ।
भ्रम दिनेजस्तो काम कसैबाट पनि हुन नहुने भन्दै उनले अनुसन्धान प्रक्रियामा जोडिएको खण्डमा माओवादीकै नेता भनेको कारणले कसैलाई पनि छुट हुन नहुने उनले बताए।
‘हो हो जस्तो गरेर चरित्र हत्या गरेर भ्रम दिनेजस्तो कसैको नहोस्। यसमा प्रत्यक्ष संलग्नता छ भने वा लाभ लिएको छ भने यो माओवादीको नेता भनेर छाडिनुहुँदैन,’ पुनले भने, म प्रष्ट भन्छु, मैले आज पार्टीको बैठकमा उठाएँ, यस्तो कुरा छानबिन होस भनेको छु। अरु पनि तयार हुनुपर्छ भनेँ। प्रधानमन्त्रीले यो अभियान हो, यो रोकिँदैन। पार्टीभित्र वा बाहिर कसैलाई लक्षित गरेर गरिएको होइन।’

















बाघ गणनामा प्रयोग गरिएका ६० क्यामेरा हराए
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
प्रतिक्रिया