सन्दीप लामिछाने आवद्ध टिम सर्रेकाे जित
मेरोन्यूज
२०८० साउन १७ गते ७:५०

काठमाडौँ । जारी ग्लोबल टी-२० क्यानडामा सन्दीप लामिछाने खेलिरहेको टिम सर्रे जगुअर्सले जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा सर्रे जगुअर्सले ब्राम्पटन वोल्भ्सलाई ६ विकेटले पराजित गरेको हो । ब्रम्पटनले दिएको १२९ रनको लक्ष्य पछाएको सर्रेले १८.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
पहिला ब्याटिंग गरेको ब्रम्पटनले २० ओभरमा ९ विकेट गुमाउदै १२८ रन बनाएको थियो ।
यस खेलमा नेपाली बलर सन्दीप लामिछाने भने विकेट विहिन बनेका थिए । ३ ओभर बलिङ गरेका सन्दीपले २५ रन दिएका थिए । यो जितपछि सर्रे अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
सर्रेको ६ खेलमा ८ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै ८ अंक नै रहेको ब्रम्पटन पनि रनरेटका आधारमा तेस्रो स्थानमा झरेको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया