अधिवक्ता पाण्डेलाई कारबाहीको माग गर्दै काठमाडौं प्रहरी परिसर घेराउ

काठमाडौं । अधिवक्ता भवगती पाण्डे शीतललाई पक्राउको माग गर्दै आङकाजी शेर्पाको नेतृत्त्वमा गएको समूहले काठमाडौं प्रहरी परिसरको कार्यालयमा घेराउ गर्दै ढुंगामुढा प्रहार गरेको छ । दुवै पक्षले ढुंगामुढा हानाहान गर्दा १०–१२ जना प्रहरी र केही आन्दोलनकारी घाइते भएका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले प्रदर्शनकारीको ढुंगा लागेर १०–१द्द जना प्रहरी घाइते भएको जानकारी दिए ।
अधिवक्ता पाण्डेलाई पक्राउको माग गर्दै तामाङ समूदायले प्रहरी कार्यालयको गेटमाथि नै ढुंगामुढा गरेका हुन् । केही दिनअघि पाण्डेले तामाङ र मगर समूदायमा दाजुभाई र बहिनीबीच विवाह हुने र त्यसैबाट आपराधिक गतिविधि बढ्ने धारणा राखेकी थिइन् । त्यस अभिव्यक्तिविरुद्ध तामाङ समुदाय आन्दोलनमा छ ।
पाण्डेले टेलिभिजन अन्तर्वार्ताका क्रममा यस्तो अभिव्यक्ति दिएकी थिइन् ।
यस विषयमा संसद्मा केही सांसदले विरोध जनाउँदै पाण्डेलाई कारबाहीको माग गरेका थिए ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया