कोशीका मुख्यमन्त्री उद्धव थापा र ३ मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
थापाले आफूले मुख्यमन्त्रीको शपथ लिएसँगै तीन जनालाई मन्त्रीमा नियुक्ति गरेका छन् । उनीहरूले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख खापुङले मंगलबार संविधानको धारा १६८ को उपधारा २ अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए।
नवनियुक्त मन्त्रीहरुमध्ये माओवादीका बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार र कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिंञ्चाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
सरकार बनाउन बहुमत पुर्याउनकै लागि सभामुखबाट राजीनामा दिएका गौतमले सरकारमा माओवादीको नेतृत्व गर्दै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्।
असार २१ मा थापा पहिलो पटक मुख्यमन्त्री बन्दा उनलाई समर्थनको हस्ताक्षर गरेपछि त्यसको विरोधमा एमाले सर्वोच्च पुगेको थियो।
सर्वोच्चको पूर्ण इजलासले अघिल्लो बिहीबार उक्त कदम असंवैधानिक ठहर गर्दै सभामुखको हैसियतमा सरकारलाई समर्थन गर्न नमिल्ने फैसला सुनाएको थियो। सोही फैसलाबाट पदमुक्त बनेका थापा मंगलबार पुनः मुख्यमन्त्री बनेका हुन्।
यसपटक भने उनलाई मुख्यमन्त्री बनाउन ४७ सांसद संख्या देखाउन माओवादीले सभामुख गौतमलाई राजीनामा दिन लगाएको थियो। सुरुमा सभामुख छाड्न आनाकानी गरेका गौतमलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले मन्त्री बनाउने आश्वासन दिएपछि उनी राजीनामा दिन सहमत भएका थिए।















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
प्रतिक्रिया