फार्मेसी अधिकृत मृत्यु घटनामा मनमोहन कार्डियोका प्रशासन अधिकृतसहित ४ कर्मचारीविरुद्ध दुरुत्साहन मुद्दा

काठमाडौं । आत्महत्या दुरुत्साहन आरोपमा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेल मृत्यु घटनामा चार जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा चार जनाविरुद्ध मुद्दा दायर गरेको हो । घटनाको प्रहरी वृत्त महाराजगञ्जले गरेको अनुसन्धान गरी प्रतिवेदन जिल्ला सहकारी वकिल कार्यालयलाई बुझाएको थियो ।
आत्महत्या दुरुत्साहनको आरोपमा मनमोहन कार्डियोका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्तविरुद्ध मुद्दा दायर गरिएको हो। अहिले मुद्दा दायर भएका चारै जनालाई प्रहरी वृत्त महाराजगञ्जले गत असार २९ गते पक्राउ गरेर अनुसन्धान गरेको थियो।
फार्मेसी अधिकृत पोखरेल अस्पतालमै मृत भेटिएका थिए। अर्घाखाँचीको शीतगंगा नगरपालिका घर भएका पोखरेल कपडाको पास लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।
अनुसन्धानमा खटिएको प्रहरी टोलीले फेला पारेको सुसाइड नोटमा उनले आफूमाथि छानबिन भएका विषयहरु उल्लेख गरेका थिए। उनले आफूलाई फसाएर केही व्यक्तिहरु उम्कन खोजेको पनि सुसाइड नोटमा लेखेका थिए। सुसाइड नोटमा लेखेका थिए, मलाई फसाएर उम्कन खोज्ने तिमीहरुको जय होस्।’
















बैतडीका स्वतन्त्र उम्मेदवार चन्दले फिर्ता लिए उम्मेदवारी
HoR elections: 88 polling stations ‘sensitive’ in Kavre
6 killed in police encounter in southern Pakistan
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया