आइतबार, वैशाख ६, २०८३

जाजरकोट र अछाममा नयाँ प्रजिअ

मेरोन्यूज २०८० साउन २२ गते ११:३१

काठमाडौं। गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ) पठाएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

जाजरकोटको रिक्त प्रजिअमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् भने अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेकाले उनको ठाउँमा मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव शरदकुमार पोखरेलले जिम्मेवारी पाएका छन् ।

सुनारले पनि यसअघि मोरङ र बाकेमा सहायक प्रजिअका रूपमा काम गरेको अनुभब छ। उनी डोल्पा र बझङमा प्रजिअ भैसकेका छन् ।

त्यस्तै पोखरेललाई मुगु र दार्चुलाको प्रजिअ भैसकेको अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत भैसक्नुभएको छ। उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअको रुपमा जिम्मेवारी पुरा गरिसकेका छन् ।

प्रतिक्रिया