नियम उल्लंघन गर्ने तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम विपरित रहेर काम गरेको तीन वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ।राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो।
प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा/निक्षेप अनुपात कायम नगरेकोमा केन्द्रीय बैंकले कारबाही गरेको हो।
राष्ट्र बैंकबाट क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं. २ कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इ.प्रा.नं.१५/०७९को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क)बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ।
यसैगरी कुमारी बैंकले २०७९ माघ महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेको ५९ लाख ६३ हजार ६९४.२२ रुपैयाँ जरिवाना गरिएको छ।हिमालयन बैंकलाई पनि २०७९ कात्तिक महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेकोमा १ करोड ३९ लाख ४७ हजार २८.२४ रुपैयाँ जरिवाना गरिएको छ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया