आइतबार, चैत २९, २०८२

३.२१ अंक घटेर २०४८.२६ विन्दुमा झर्‍यो नेप्से

मेरोन्यूज २०८० साउन २२ गते १५:३७

काठमाडौँ । सोमबार नेप्से परिसूचक ३.२१ अंक घटेर २०४८.२६ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.५९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंक घटेको छ।

Advertisement
nepal life insurencenepal life insurence

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको हो । अघिल्लो कारोबार दिन ३८ अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि गिरावटलाई निरन्तरता दिएको हो ।

आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेपनि नेप्से परिसूचक घट्यो । आज बैंकिंङ, जलविद्युत, लगानी र अन्य उपसमूह घटेका छन् । अन्य उपसमूहहरुको परिसूचक सामान्य बढ्नु र यी उपसमूहको परिसूचक घटेका कारण यस दिन नेप्से परिसूचक घट्न पुगेको हो।

आज विकास बैंक, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन्। वाणिज्य बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.९४ प्रतिशत घटेको छ।

नप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २६७ स्टकको १ लाख १ हजार २३६ पटकको कारोबारमा २ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको ६६ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज नेपाल रिपब्लिक मिडियाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य ९.७४ प्रतिशत बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.४५ प्रतिशत घटेको छ। मूल्य घटेका अन्य स्टकको गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया