सभामुखसहित शीर्ष नेताको बैठक आज पुनः बस्दै

काठमाडौँ। सभामुखसहित मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
संघीय संसदका दुवै सदनमा भइरहेको गतिरोध हटाउने विषयमा दलहरुबीच छलफल हुन लागेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्दै आएको संसद् बैठक सुचारु गर्नका लागि सभामुख देवराज घिमिरेको पहलमा हिजो दुई चरणमा शीर्ष नेता, दलका मुख्य सचेतक, र सचेतकबीच छलफल भए पनि दलहरु आआफ्नै अडानमा रहँदा बैठक निष्कर्ष विहीन बनेको थियो ।
एमालेले एकसय केजीभन्दा बढी सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै आएको छ भने सरकारले यसको आवश्यकता नभएको बताएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एक क्विन्टलभन्दा बढी सुन बरामद भएको प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद बैठक चल्न नदिने अडान लिँदै आएको छ ।
साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै बैठक अवरुद्ध गरेको थियो । त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए ।















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
प्रतिक्रिया