शनिबार, फागुन ९, २०८२

गृहमन्त्रीलाई संसदमा बोल्न दिन एमाले तयार

मेरोन्यूज २०८० साउन २३ गते १३:५५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दुई सातादेखि अवरुद्ध संसद् बैठक सञ्चालन गर्न सहमत भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको हो ।

बालुवाटारमा भएको तीन दलको शीर्ष नेताहरूको बैठक आज सदन चल्न दिने सहमति भएको एमालेका समेतक महेश बर्तौलाले बताए । उनले आजको बैठकमा गृहमन्त्रीले जवाफ दिने र नेताहरूले पनि आफ्नो कुरा राख्ने बताए ।

गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरे पुनः सदन अवरोध गर्ने उनले बताए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।

प्रतिक्रिया