ललिता निवास प्रकरण
सिआईबीले पूर्वप्रधानमन्त्रीहरूमाथि कसरी अनुसन्धान गर्ने भन्ने कानुनी परामर्शपछि मात्रै निर्णय लिने
पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्रीहरूलाई पक्राउ गर्ने तयारी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराईलाई बयान लिने वा कागज गराउने भन्नेबारे कानुनी परामर्शपछि मात्रै निर्णय लिने भएको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले पूर्वप्रधानमन्त्रीद्वय डा. भट्टराई र नेपालमाथि पनि अनुसन्नधान गर्न निर्देशनात्मक आदेश जारी गरेपछि प्रहरी कानुननी परामर्शमा जुटेको हो ।
ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले त्यस्तो आदेश दिएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरले सोमबार पूर्वप्रधानमन्त्रीहरूको हकमा कसरी अगाडि बढ्ने भनेर महान्यायाधीवक्ता डा. दिनमणि पोखरेलसँग छलफल गरेका थिए ।
प्रहरी स्रोतले पूर्वप्रधानमन्त्रीहरूमाथि समेत बयान लिने वा कागज गराउने भन्ने विषयमा सरकारी वकिल कार्यालयदेखि कानुन व्यवसायीसँग परामर्श गरेर मात्रै निर्णय लिइने बतायो । ‘अहिले महानिरीक्षकज्यूले परामर्श गरिरहनु भएको छ । त्यसपछि मात्रै के गर्ने भन्ने टुंगो लाग्न पूर्वप्रधानमन्त्रीज्यू हरूको हकमा,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
ललिता निवासको जग्गा प्रकरणबारे मन्त्रिपरिषद्ले गरेको निर्यणमाथिसमेत सीआईबीले अनुसन्धान गर्नेछ । हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालको नाम जोडिएको छ ।
दुवैजनाले प्रहरीको अनुसन्धानमा सघाउने सार्वजनिक अभिव्यक्ति दिएका छन् । हाल नेपाल भने युरोप भ्रमणमा छन् । उनी १५ दिने भ्रमणमा गएका हुन् ।
ललिता निवासको १४४ रोपनी जग्गा हिनामिना प्रकरण हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । १२ असारदेखि आरोपितलाई पक्राउ गरेर अनुसन्धान थालेको सीआईबीले १७ दिन बाँकी हुँदा चारजना पूर्वभौतिक पूर्वाधारमन्त्री विजय कुमार गच्छदार, चन्द्रदेव जोशी, सञ्जय साह र डम्बर श्रेष्ठलाई पक्राउ गर्न पुर्जी लिएको छ ।
आइतबार पुर्जी लिएको सीआईबीले प्रकाउ पुर्जी जारी भएका पूर्वमन्त्रीहरूलाई नियन्त्रणमा लिने तयारी गरिएको छ । ‘हामी पक्राउ पुर्जी जारी भएका मन्त्रीहरूलाई सकेसम्म आफैँ आउनू भनेर बोलाउछौँ । उहाँहरूले सहयोग गर्ने बताउनुभएको छ । यदि आउनुभएन भने पक्राउ गर्छौं,’ एक अनुसन्धान अधिकृतले भने ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया