शुक्रबार, माघ २३, २०८२

संखुवासभा कारागारमा झडप हुँदा दुई कैदीबन्दीको मृत्यु

मेरोन्यूज २०८० साउन २४ गते ११:५९
फाइल फोटो

काठमाडौं । संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ ।

झडपमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका विनोद तोलांगीको मृत्यु भएको संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारले जनाएका हुन् । छ । उनका अनुसार आकाश चोरी र विनोद जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेकाहरू हुन् ।

प्रहरीका अनुसार बुभबार बिहान भाग्ने उद्देश्यले उनीहरु बाहिर निस्किएका थिए । सोेहि क्रममा प्रहरीले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै भित्र कुटाकुट गरेपछि दुईजनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया