वाकिटकी बोकेका रास्वपाका कार्यकर्ताकाे छानबिन गर्न प्रहरीलाई निर्देशन

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा वाकीटाकी लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता देखिएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको छ ।
प्रशासनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको छ।
मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो।
सोक्रममा जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खटाएको आर.ए.टी नामको एक समूह परिचालन भएको थियो।
नारायणगढ–मुग्लिनकाे जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आर.ए.टी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर सामाजिक सञ्जालमा फोटो सहितका पोष्ट आएको भन्दै प्रशासन कार्यालयले ध्यानाकर्षण भएको जनाएको हाे।
प्रजिअ पौडेलले जारी गरेको सूचनामा कुनै दलका कार्यकर्ताले पहिरो पन्छाउने कार्यमा सहयोग गर्ने भनि स्वीकृती समेत नलिएको उल्लेख छ ।
साथै प्रशासनले विपद्का घटनामा कुनै दल वा संगठनको परिचय विना र विपद व्यवस्थापन समितिको स्वीकृतिमा विशुद्ध स्वयंसेवीका रुपमा मात्रै खटिन सक्ने जनाएकाे छ ।

















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया