शुक्रबार, फागुन ८, २०८२

एमालेको अवरोधले राष्ट्रिय सभा बैठक शुक्रबारसम्म स्थगित

मेरोन्यूज २०८० साउन २४ गते १४:५४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक शुक्रबारसम्म स्थगित भएको छ । एमालेको अवरोधका कारण बुधबारका लागि तय भएका कार्यसूची अगाडि बढ्न सकेनन् ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामियक विषयमा भने बोलेका थिए । समसामयिक विषयमा सा‌सदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेका थिए ।

एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताइन् ।

यसअघि बुधबार नै बसेको प्रतिनिधि सभा बैठक पनि एमालेले अवरोध गरेका कारण कार्यसूचीमा प्रवेश नगरि स्थगित भएको थियो ।

एमालेले साउन १० गते यता संघीय संसदको दुवै सभामा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया