बिहीबार, माघ २२, २०८२

ललिता निवास प्रकरणका आरोपितहरू ७ दिन हिरासतमा रहने

मेरोन्यूज २०८० साउन २४ गते १६:३५

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको छ ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

यस प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना सीआईबीको हिरासतमा छन् ।

प्रतिक्रिया