संखुवासभामा कैदी हत्याबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । संखुवासभा जिल्ला प्रशासन कार्यालयले दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ।
छानबिन समितिको सदस्यमा प्रहरी निरीक्षक सरोज खनाल र प्रशासन कार्यालय नायव सुब्बा तारिणी घिमिरे छन्।
घटनाको छानबिनका लागि समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।
जिल्ला कारागार संखुवासभामा कैदीहरू मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी छन्।
जिल्ला कारागारमा रहेका दुई बन्दीको बुधबार बिहान जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको थियो।
संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले गएराति १ बजे कारागारको चर्पीबाट भाग्ने क्रममा रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरी प्रशासनलाई बुझाएको दाबी गरे।
तर त्यसपछि उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा पुर्याइएको उनको भनाइ छ।
स्थानीय केही प्रत्यक्षदर्शीले ती २ कैदीमाथि बिहान ३ बजेसम्म कुटपिट भएको थियो। कारागार सुरक्षामा प्रहरी टोली २४ घण्टा तैनाथ हुने व्यवस्था छ।
प्रहरीकै अगाडि ती कैदीहरुमाथि ज्यानै जाने गरी हुने कुटपिट भएको हो।
यो प्रकरणमा पीडित परिवार र आफन्तहरुले प्रहरीको संलग्नता रहेको हुन सक्ने आशंका गरेका छन्।
अहिले जिल्ला कारागारका ९ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयको हिरासत राखिएको छ। उनीहरुलाई कारागारको वातावरण सहज नभएसम्मलाई सारिएको जेलर राजेन्द्र घिमिरेले बताए।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया