झुटो विवरण पेस गरेर बंशजका आधारमा लिएका दुई नागरिकता सरकारद्वारा खारेज
नागरिकता बनाउने अग्रवाल र भण्डारीलाई कारबाही गरिने

काठमाडौँ । सरकारले झुटो विवरण पेस गरेर लिएका दुई नागरिकता खारेज गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अमन चौधरी (अग्रवाल) र सोफिया रुथ भण्डारीले झुटा विवरण पेश गरि नागरिकता लिएको देखिएकाले नागरिकता रद्द गरि नेपाली नागरिकबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
अग्रवाल र भण्डारीलाई कारबाही गर्ने निर्णय पनि सरकारले गरेको गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।
अग्रवालले जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७७ साल ७ महिना २५ गते बंशजको आधारमा नागरिकता लिएकी थिइन् ।
भण्डारीले जिल्ला प्रशासन कार्यालय कास्कीबाट ०७९ ४ महिना २६ गते बंशजको आधारमा नागरिकता लिएकी थिइन् ।
त्यस्तै बैठकले उपराष्ट्रपति रामसहाय प्रसादको चीन भ्रमण स्वीकृत गरेको छ । चीनको कुनमिङ सहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने ७ औँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन उपराष्ट्रपतिको चीनको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको जानकारी शर्माले दिइन्।
बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आवशयक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले भदौ १९ र २० गते स्वीडेनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिननेशचन्द्र थपलियालाई स्वीकृति दिने, सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले बताइन्।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया