सिरहामा मिटरब्याजी महिला पक्राउ

सिरहा । सिरहामा चर्को मिटरब्याजको धन्दा चलाउने मिटरब्याजी एक महिला पक्राउ परेकी छन् । मिर्चैया नगरपालिका(६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।
ममतादेवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जनाए । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौँ उजुरी परेको छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।
ममतादेवीसँग सुजाताले २ लाखको ३५ लाख बराबरको रकम र जग्गा हडपेर पनि नपुगेर उल्टै छोरी गरिमा लाई बलात्कार गराइदिन्छु भन्दै धम्की दिँदै हिडेकी थिइन् ।
उनको धम्कि पछि ममतादेवीकी छोरी गरिमाले विद्यालय छाड्न बाध्य भएकी थिइन् । र, १२ दिन लामो पैदल मार्चमा सहभागी भएकी थिइन् ।
गृहमन्त्रालयले यो घटनालाई सिधै चासो लिएर प्रहरीलाई दोषीमाथी कारवाही गर्न निर्देशन गरेपछि सुजाता समातिएकी हुन् ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया