शनिबार, चैत २८, २०८२

५.१३ अंक बढेर २०६६.०५ विन्दुमा पुग्यो नेप्से

मेरोन्यूज २०८० साउन २५ गते १५:२५

काठमाडौँ । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक ५.१३ अंक बढेर २०६६.०५ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

Advertisement
nepal life insurencenepal life insurence

आज सेन्सेटिभ इण्डेक्स १.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। बुधबार १ अर्ब ८८ करोडको शेयर कारोबार भएको बजारमा आज २६९ स्टकको ५७ हजार ७८९ पटकको कारोबारमा २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको ५५ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.०९ प्रतिशत बढेको छ। त्यसैगरी, सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.५३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको १६ करोड ९५ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, अप्पर तामाकोशीको यस दिन ११ करोड २५ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कम्पनीको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन थियो ।

आज १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत बढेको छ। त्यस्तै, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ्ग, विकास बैंक, वित्त, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक घटेको छ।

प्रतिक्रिया