बिहीबार, माघ २२, २०८२

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

मेरोन्यूज २०८० साउन २५ गते १६:३८

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।

प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको सिआईबी स्रोतले जानकारी दियो । उनले भारतबाट जारी भएको उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए । उनी मेडिकल कलेज सञ्चालक पनि हुन् ।

उनी गत निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद हुन् ।

 काठमाडौं मेडिकल कलेज,नोबेल मेडिकल कलेजका सन्चालक हुन् ।

प्रतिक्रिया