बिहीबार, माघ २२, २०८२

सांसद शर्मा पक्राउबारे सभामुखलाई जानकारी दियो सिआईबीले

मेरोन्यूज २०८० साउन २५ गते १७:४६

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

सभामुख निकट स्रोतले सभामुख घिमिरेलाई प्रहरीले मौखिक जानकारी गराएको र पत्र ‘डिस्प्याच’ भएर पु¥याउन टोली कार्यालयबाट हिडिसकेको जानकारी गराएको हो ।

सीआईबीको टोली सभामुख घिमिरेलाई जानकारी गराउन सिंहदरबार पुगेको निकटस्थ स्रोतले बतायो ।

सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो ।

कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया