बिहीबार, माघ २२, २०८२

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा डाक्टरद्वय चौधरी र यादव पनि पक्राउ

मेरोन्यूज २०८० साउन २५ गते १९:१७

काठमाडौँ । नक्कली शैक्षिक प्रमाण पत्र र प्रमाण पत्रमा किर्ते गरेको आरोपमा थप दुई डाक्टर पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी र महोत्तरीका डाक्टर रञ्जितकुमार यादवलाई पक्राउ गरेको हो।

रञ्जित हाल कुन अस्पतालमा कार्यरत छन् भन्ने नखुलेको सीआईबीका एसपी नवराज अधिकारीले बताए।

सीआईबीले शुक्रबार पत्रकार सम्मेलन पक्राउ परेका डाक्टरहरूबारे जानकारी दिने तयारी गरेको छ ।

यसअघि बिहीबारै नेपाली कांग्रेसका सांसद समेत रहेका डा. सुनिलकुमार शर्मालाई पनि सिआईबीले पक्राउ गरेको थियो । डा. शर्मालाई पनि नक्कली शैक्षिक प्रमाण पत्रकै आरोपमा पक्राउ गरेको हो।

प्रतिक्रिया