बिहीबार, माघ २२, २०८२

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : पक्राउ पर्नेको संख्या ६ पुग्यो

मेरोन्यूज २०८० साउन २६ गते ८:१४

काठमाडौं । धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी छिन्। ललितपुरको हात्तीबन निवासी सिल्पकारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको हो।

उनी पक्राउ परेसँगै नक्कली सर्टिफिकेट अभियोगमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ।

यसअघि सीआईबीले डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाई पक्राउ गरिसकेको छ।

नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मासमेत गर्दा नक्कली शैक्षिक प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ।

प्रतिक्रिया