शुक्रबार, माघ २३, २०८२

थप एक ‘नक्कली डाक्टर’ पक्राउ

मेरोन्यूज २०८० साउन २६ गते १०:२५

काठमाडौं। नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मनिष चौधरीलाई शुक्रबार पक्राउ गरेको हो।

मोरङमा क्लिनिक चलाएर बसेका मनिषको प्लस टुको नेपालको सर्टिफिकेट नक्कली भएको भन्दै सीआईबीले पक्राउ गरेको हो।

सिआइबीका अनुसार चौधरीलाई आज बिहान मोरङबाट काठमाडौँबाट पक्राउ गरिएको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया