कुवेतमा बेचिएकी नेपाली महिलाको उद्वार

काठमाडौँ । कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट उद्धार गरी यही साउन २४ गते काठमाडौँ ल्याएको हो ।
पीडित महिलालाई नेपालमा रहेका भतिज राज श्रेष्ठ र दलाल उमेश चौहान आकर्षक तलबको प्रलोभन देखाइ गत असार १७ मा गलत बाटो प्रयोग गरी कुवेत पु¥याएका थिए । पीडित महिलाले आफूलाई ‘ब्यूटिसियन’सँग सम्बन्धित कम्पनीमा काम गर्ने भनी लगेको तर त्यहाँ पुगेपछि घरेलु कामदारका रुपमा काम गर्न बाध्य बनाइएको गुनासो गरिन् ।
‘घरको आर्थिक अवस्था कमजोर रहेकाले वैदेशिक रोजगारीको खोजी गर्ने क्रममा आकर्षक तलब सुविधा देखेर आफन्तको सम्पर्कबाट कुवेत गएकी हुँ,’ पीडित महिलाले भनिन्, ‘त्यहाँ पुगेको दुई दिनपछि विभिन्न डर धम्की देखाइ घरेलु कामदारका रुपमा काम गर्न बाध्य पारियो ।’
पीडित महिलाले केही समयपछि मोर्चाका संयोजक युवराज सफललाई आफूलाई उद्धार गर्न भन्दै अनुरोध गरेकी थिइन् । ‘पीडितसँग सम्पर्कमा आएपछि उद्धारको प्रक्रिया सुरु गरेका थियौँ, उहाँलाई कुवेत पठाउने व्यक्तिसँग सम्पर्क गरी प्रमाण जुटाइ प्रक्रिया गएपछि उहाँको उद्धार भएको हो,’ सफलले भने ।
सफलले यस विषयमा मानव बेचबिखन नियन्त्रण ब्यूरोलगायत सम्बन्धित निकायमा निवेदन दिए पनि पीडित महिला गैरकानूनी रुपमा कुवेत गएका कारण सम्बन्धित निकायले उद्धारका लागि पहल नगरेको उनको भनाइ छ । उद्धार गरिएकी महिलालाई स्वदेशी पर्कनका लागि उहाँकी दिदीले टिकट काटिदिएको सफलको भनाइ छ ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया