रुपन्देहीबाट ४० लाखको अवैध सामान बरामद

रुपन्देही । रुपन्देही प्रहरीले दुई दिनमा ४० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ । शुक्रवार सीमावर्ती क्षेत्रबाट भन्सार छली गरेर ल्याएका विविध सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो ।
जसमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ बेथरीबाट २७ लाख ४७ हजार ४ सय बराबरको अवैध सामग्री बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले ना ३ ख ४४१३ नम्बरको ट्रकबाट भन्सार छलेर ल्याइएको कपडा १ हजार ५१४ मिटर, साडी ४७४ पिस, सुट ५०८ पिस, ब्लाउज ५५ पिस, लेङ्गा ५ पिस, पेटीकोट ६ पिस, सल २७ पिस, लुङ्गी १२ पिस, जेन्स कट्टु ८५ पिस, सेण्डो भेष्ट ८० पिस, सुति साडी ९२ पिस र टप्स ४६ पिस नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।
यस्तै, बिहीवार रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ सेमरहवा चोकबाट १२ लाख ६२ हजार २ सय बराबरको सामान बरामद भएको छ । एसपी विकका अनुसार इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लु १ च ५८३१ नम्बरको पिकअपमा ल्याउँदै गरेको अवस्थामा माला १ बोरा, जेन्स गेम कट्टु ८३६ पिस, लेमिनेसन पेपर १२ पेटी र क्लिप १ बोरा नियन्त्रणमा लिइएको हो ।
यस्तै, प्रहरीले ट्रक चालक स्याङजा पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ४० वर्षीय लालबहादुर विक, पिकअप चालक नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ८ का ३७ वर्षीय संगितकुमार खरबिनलाई पनि नियन्त्रणमा लिएको छ ।
बरामद सामान र सवारी साधनसहित उनीहरूलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।
गैरकानूनी काम गर्ने जो कसैलाई पनि नछाड्ने एसपी भरतबहादुर विकले बताएका छन् । अवैध रुपमा हुने गतिविधिलाई निरूत्साहित पार्दै समाजमा शान्ति, सुरक्षा र अमनचैन कायम गर्ने उनको भनाइ छ ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया