बंगलादेशीलाई बन्धक बनाई फिरौती असुल्ने ७ जना पक्राउ

काठमाडौँ । बंगलादेशी नागरिकलाई काठमाडौंमा बन्धक बनाउने गिरोहका सात व्यक्ति प्रक्राउ परेका छन्। वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई बन्दक बनाउने ५ बैगलादेशी र दुई नेपालीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
बंगलादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बंगलादेशी र नेपाली नागरिकलाई कार्यालयले आरोपितहरूलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका ६ जना बंगलादेशी नागरिकलाई उद्धारसमेत गरेको कार्यालयले जनाएको छ।
गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बंगलादेशबाट नेपाल ल्याई काठमाडौंका विभिन्न स्थानका होटेल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा बंगलादेशी नागरिकहरू ४७ वर्षीय अमिर हुसेन, ३७ वर्षीय एमडी मोसिउर, २१ वर्षीय जहाँगिर आलम, ३८ वर्षीय सलिम मियाँ र २१ वर्षीय तहमिना बेगम रहेका छन्। त्यसैगरी, सिन्धुपाल्चोक बलेफी– ६ की २७ वर्षीया तारा नेपाली र इलाम चुलाचुली– ४ की ३३ वर्षीया रोशनी राई छन्।
उनीहरूले कालीमाटीडोलमा रहेको मेमोरियल गेस्ट हाउसमा बन्धक बनाएका ६ बंगलादेशी नागरिकहरू एमडी नाजमुल, एमडी इयासिन, इब्राहिम हुसैन र एमडी अल अमिनलाई तथा हरिसिद्धिको एक घरबाट राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया