भ्रष्टाचार अभियोगमा बराइलीसहित ८ विरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलामको माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइलीसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रक्रिया नपु¥याई लागत इस्टिमेट तयार पारेको, प्राविधिक बिल भरपाई नराखी समूहको निर्णयविपरीत आफू अनुकूल कागजात तयार पारी १५ लाख पाँच हजार नौ सय ३० बराबरको भ्रष्टाचार गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको हो । आयोगले वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध बिगोबमोजिम कैद र जरिवानाको माग गरेको छ ।
यस्तै वन उपभोक्ता समितिका तत्कालीन सल्लाहकार अर्जुनकुमार थापा र कोषाध्यक्ष रामकुमारी खत्रीविरुद्ध चार लाख बराबरको बिगो दाबी गरेको छ । वन समूहका उपभोक्ता एवं चिलाउने गौँडा हिलो खोला क्रसिङ फुटपाथ पुलका अध्यक्ष दिलबहादुर मगर र पुलका कोषाध्यक्ष रस्मिला बराइलीविरुद्ध चार लाख, दर्तावाला लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध गलत प्रतिवेदन बनाई भ्रष्टाचारमा सहयोग गरेको अभियोग देखिएकाले कैद र जरिवानाको माग गरेको छ ।
आयोगले वन उपभोक्ता समूहका तत्कालीन सचिव रामबहादुर मगर र सोही समूहका तत्कालीन कोषाध्यक्ष चन्द्रकला श्रेष्ठविरुद्ध समान ११ लाख पाँच हजार नौ सय ३० बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया