यौनदुर्व्यवहार आरोपमा चाइल्ड केयरका सञ्चालक पक्राउ
मेरोन्यूज
२०८० साउन २९ गते १२:२३

काठमाडौं । बाल यौनदुर्व्यवहारको आरोपमा एक चाइल्ड केयर सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर प्रहरी परिसरको टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ घर भई बुङमतीमा बस्दै आएका ४१ वर्षीय दत्तसिंह बुढालाई नियन्त्रणमा लिएको हो ।
बुढाले ललितपुरमै ब्लेस हाउस एन्ड चाइल्ड केयर सेन्टर सञ्चालन सञ्चान गरेका थिए ।
ललितपुरका प्रहरी प्रमुख एवं एसएसपी सिद्धविक्रम शाहका अनुसार सोही चाइल्ड केयरमा बस्दै आएकी आठ वर्षीया बालिकाको संवेदनशील अंग चलाउने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
बुढाले निलडाम हुने गरी बालिकालाई कुटपिट गर्ने गरेको पनि खुलेको छ । प्रहरीले बुढामाथि अनुसन्धानका लागि अदालतबाट सात दिनको अनुमति लिएको छ ।
पीडित बालिकालाई संरक्षण गृहमा राखिएको छ।
सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया