शुक्रबार, माघ २३, २०८२

मधेसमा सीमा तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी सक्रिय

मेरोन्यूज २०८० साउन २९ गते २०:४७

काठमाडौँ । मधेसमा सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तस्करी र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बल पछिल्लाे समय थप सक्रिय बन्दै गएकाे छ ।

सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा ६५ करोड, ६५ लाख ४५ हजार ६ सय ३४ रूपैयाँ बराबरको अवैध माल जफत गरेकाे छ भने लागु औशध र अपराधिक गतिविधिमा संलग्नहरुलाई समेत नियन्त्रणमा लिएकाे छ ।

यस अवधीमा प्रहरीले १ कराेड ४० लाख ६१ हजार ५२४ रुपैयाँ बराबरकाे अवैध काठ बरामद गरेकाे छ । त्यस्तै दुई कराेड एक लाख ४३ हजार १०० स्रोत नखुलेको नेपाली रुपैयाँ , ३४ लाख ८३ हजार २६५ स्राेत नखुलेकाे भारतीय रुपैयाँ सहित अन्य गरि जम्मा ६५ कराेड ६५ लाख ४५ हजार ६ सय ३४ रुपैयाँ बराबरकाे अवैध सामान बरामद भएकाे तथ्याङ्कमा उल्लेख रहेको छ। साेही समयमा १ कराेड ६८ लाख ७५ हजार ९९३ रकम बराबरकाे अवैध चाैपाया नियन्त्रणमा लिएकाे छ ।

त्यस्तै ३४,०५७ पिस विभिन्न प्रकारको लागूऔषध, ३१ क्विन्टल ५० किलोग्राम गांजा, ५२.८१ किलोग्राम चरेस, २३.५९ ग्राम ब्राउन सुगर, २.५२ केजी युरेनियम जस्तो देिखने धातु र ५ ग्राम खैरो हेरोइन बरामद गरेको छ । साथै विभिन्न जिल्लामा चोरिछिपी लगाइएको ४१ बिघा १६ कठ्ठा १० धुर गांजाखेती सशस्त्र प्रहरी टोलीले फडानी गरेको छ।

सोही अवधिमा ७ नाल थान अवैध हतियार र १९ थान गोली सशस्त्र प्रहरीले बरामद गरेको छ। मधेशका विभिन्न नाकामा फँसेकी ८१ जना चेलीबेटी उद्वार गरेकाे जनाइएकाे छ ।

साथै ४ लाख ४० हजार नक्कली नेपाली रुपैयाँ, ६९०० पिस नक्कली नेपाली नोट बनाउने कागज समेत बरामद गरेकाे तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लाे समय मधेशतर्फ चाेरी तस्करीका घटनाहरु बढी हुने गरेकाे सुनिँदै आएकाेमा ससस्त्रकाे सक्रियता सँगै उल्लेख्य मात्रामा त्यस्ता घटनामा कमी आएकाे छ ।

सीमामा थप कडाइका साथ अवैध सामान ओसार/पसारका घटना नियन्त्रणमा लागेकाे सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख नायब महानिरीक्षक (डिआईजी) दिपेन्द्र शाहले जानकारी दिए । ‘हामीले अवैध सामान र मुद्रा ओसार पसार हुने सीमा नाकामा कडाइ गरेका छौँ,’ डिआइजी शाहले भने, ‘र अन्य आपराधिक गतिविधि पनि नियन्त्रण गर्ने प्रयास गरेका छौँ ।’

कार्यालयले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि पनि ठाँउ ठाँउमा गस्ती सञ्चालन गर्ने र सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

सशस्त्रले बरामद गरेको अवैध सामानको विवरण

प्रतिक्रिया