सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : कृष्णबहादुर महरा

काठमाडौं । सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएपछि पूर्वसभामुख कृष्णबहादुर महराले सरकारलाई अनुसन्धानका लागि सहयोग गर्ने बताएका छन् । मंगलबार दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएको समाचार संचारमाध्यममा सार्वजनिक भएपछि उक्त अनुसन्धानमा सरकारलाई सहयोग गर्न आँफू तयार रहेको बताएका हुन् ।
नेपालमा भित्रिएको अवैध सुन प्रकरणमा आँफू सँधै अनुसन्धानलाई सहयोग गर्न सरकारलाई सहयोग गर्ने बताउँदै आएको उनले बताए । उनले सुन प्रकरणमा आँफूलाई अनुसन्धानका लागि बोलाउन भने पनि अहिले सम्म नबोलाएको उल्लेख गरे ।
सुन तस्करी प्रकरणमा नाम जोडिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको महराको भनाइ छ । महराले संचारमाध्यममा आएका समाचार सत्य नभएको पनि बताए । उनले टेलिफोन संवाद नभएको उल्लेख गर्दै चिनियाँ नागरिक वाङले एक जना व्यक्तीको इलोक्ट्रोनिक चुरोट भन्सार कार्यालयमा रोकिएकाले निकालिदिन अनुरोध गरेको समेत बताए ।
सुन तस्करीका विषयमा भन्सारका कर्मचारीहरुलाई कानुन अनुसार अघि बढाउन मिलेमात्र अघि बढाउनु नत्र रोक्न समेत आग्रह गरेको उनले बताए ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया