पत्नी आरजुलाई कांग्रेस कोषाध्यक्ष बनाउने देउवाको तयारी
ज्ञानेन्द्रबहादुर कार्की, विनोद चौधरी, सुनिल थापा, चित्रालेखा यादव पनि लबिइङमा लागिरहेका छन्

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवालाई पार्टीको कोषाध्यक्ष बनाउने तयारी गरेका छन् । आरजुलाई यसपटक कोषाध्यक्ष बनाएर अर्को महाधिवेशनमा महत्त्वपूर्ण पदमा लड्न सहज हुने गरी देउवाले अगाडि बढाउन खोजेको आफूले बुझेको कांग्रेस संस्थापनका एक नेताले जानकारी दिए ।
पार्टी विधानको धारा २१ को उपधारा ४ मा सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ । आरजु महिला खुल्लातर्फबाट २०७८ मंसिरमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
कांग्रेसले १३औँ महाधिवशेनबाट कोषाध्यक्ष पद मनोनीत गर्ने गरी विधान परिमार्जन गरिएको हो । त्यसअघि कोषाध्यक्ष पनि निर्वाचित हुनुपर्ने व्यवस्था थियो ।
कांग्रेसको महाधिवेशन भएको डेढ वर्ष नाघिसक्दा पनि सभापति देउवाले कोषाध्यक्ष मनोनीत गर्न सकेका छैनन् । महाधिवेशन भएको डेढ वर्षभन्दा बढी समय भइसक्दा पनि देउवाले पार्टीको कोषलाई अघि बढाउने संयन्त्रलाई नै खाली राखेपछि आलोचना हुँदै आएको छ ।
उनी निकट एक पदाधिकारीले महाधिवेशनका बेलामा धेरै नेतालाई कोषाध्यक्ष बनाउने आश्वासन दिएको र अहिले सबैले त्यही पद मागेकाले देउवा अफ्टेरोमा परेको बताए । आफ्नी पत्नीलाई बनाएपछि रिसाउने धेरी नेताहरू कम हुने भन्दै नयाँ जुक्ति निकालेको हुन सक्ने पनि ती पदाधिकारीले बताए ।
देउवाले आरजुलाई बनाउने तयारी गरे पनि कोषाध्यक्ष बन्न लागि पर्ने नेताहरूको दौडधुप भने कांग्रेसमा कमी छैन ।
कोषाध्यक्षका लागि ज्ञानेन्द्रबहादुर कार्की, विनोद चौधरी, सुनिल थापा, चित्रालेखा यादव पनि लबिइङमा लागिरहेका छन् । कार्की देउवाका ससुराली तर्फका नातेदार पनि पर्छ । यादव पूर्वकोषाध्यक्ष हुन् भने चौधरी उद्योगपति हुन् । १३ औँ महाधिवेशनपछि राप्रपाबाट कांग्रेसमा प्रवेश गरेर सहमहामन्त्री बनेका थापा १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अहिले राष्ट्रपतिको राजनीतिक सल्लाहकार पनि छन् ।
देउवालाई संस्थापन इतर र संस्थापनकै नेताहरूले केन्द्रीय समितिलाई पूर्णता दिन दबाब दिइरहेका छन् । देउवाले अब कोषाध्यक्षसहित १० केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ । १६७ सदस्य केन्द्रीय समितिमा देउवाले ३३ केन्द्रीय सदस्य मनोनयन गर्न पाउँछन् । त्यसमा २३ जना मनोनित गरिसकेको छन् ।
कांग्रेसले असोज २ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ, त्यसअघि कोषाध्यक्ष र केन्द्रीय सदस्य मनोनयन गरेर केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तयारीमा देउवा रहेको निकटस्थहरू बताउँछन् ।
कांग्रेस विधानमा कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनीत गर्ने व्यवस्था गरेको छ ।















बाँकेमा अनुहार नयाँ, दलका एजेण्डा भने पुरानै
NAAMP and Connect Kisan Sign MoU to provide digital agricultural advisory to farmers
आचारसंहिता उल्लंघन गर्ने ५१ दल तथा उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न, द्विपक्षीय लगानी र व्यापार विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया